Breaking News

एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र एमाले उपाध्यक्ष बामदेव गौतबीच भेटवार्ता समाजवादीमा जान बामदेवद्धारा चार सर्त

१८ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भेटान गौतमले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार सर्त राखेका छन् ।

हिजो भएको भेटमा नेता गौतम आफ्नो चार सर्त रहेको बताए । आफ्नो सर्त पूरा भए एकीकृत समाजवादीमा लाग्ने गौतमको भनाइ थियो ।

गौतमले एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने सर्त राखेका छन् ।

जबजलाई मार्गदर्शक सिद्धान्त मानेपछि एकीकृत समाजवादीको एजेण्डा कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने गौतमले अध्यक्ष नेपालसँग सर्त राखेका छन् ।

राष्ट्रिय एकता अभियान चलाइरहेका गौतमले संघीयता परिमार्जनको समेत प्रस्ताव राखेका थिए ।

अध्यक्ष नेपालले भने गौतमको सर्तबारे छलफल गर्न सकिने जवाफ दिए । तर जबज छोडेको भन्ने प्रचारमा सत्यता नरहेको नेपालले प्रष्टोक्ति दिएका थिए । ‘जबज छोडिएको छैन ।

एमालेबाट अलग भएर २ भदौमा माधव नेपालले एकीकृत समाजवादी दर्ता गराएका छन् । उक्त पार्टीमा जाने वा नजाने भन्ने टुंगो गौतमले लगाउन सकेका छैनन् । आफू निकट नेताहरुबाट यो निर्णय लिने जिम्मा गौतम आफैले लिएका छन् ।