नेपाली सेनामा कार्यरत् हुद्दा भरत गुरुङको हत्या आरोपमा सैनिक जवानलाई जन्मकैद फैसला सुनाइएको छ।
जिल्ला अदालत चितवनको आदेशमा सेनाको कोर्ट अफ इन्क्वायरी प्रतिवेदनको आधारमा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद फैसला भएको हो।
सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले ढकाललाई सैनिक अदालतले २५ वर्ष कैद सजाय सुनाएको बताए।
सैनिक अदालतले बुधबार ढकालविरूद्ध फैसला गरेको थियो।
भरतपुर महानगरपालिका(१७ शारदानगरस्थित सिमल डाँडामा हुद्दा गुरुङको साउन ७ गते हत्या भएको थियो।
अनुसन्धानका क्रममा गुरुङलाई ढकालले एसएमजी हतियारबाट गोली प्रहार गरी हत्या गरेको खुलेको थियो।
सेनाले सो घटनामा भदौ ९ गते समरी जनरल सैनिक अदालत गठन गरेको थियो।
ढकाललाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य रहने फैसला पनि भएको पौडेलले बताए।