Breaking News

जति प्रयास गरेपनि केपी शर्मा ‌ओलीले नचाहेपछि पार्टी एकता टिक्न सकेन

२ भदौ, काठमाडौं । नेकपा एमाले का वरिष्ठ नेता माधव कुमार नेपालले आज एमाले छाडेर नेकपा एमाले समाजवादी गठन गर्दा नेता नेपालले एक अपिल गर्दै केपी शर्मा ‌ओलीले नचाहेपछि पार्टी एकता टिक्न नसकेको बताएका छन् ।

नेता नेपालले अपिल प्रकाशन गरी पार्टी एकता जोगाउन निरन्तर प्रयास गरे पनि ओलीले कुनै हालतमा एकता गर्न नचाहेपछि अलग पार्टी बनाउनुपरेको बताएका छन् ।
‘हामीले पार्टी एकता जोगाउन निरन्तर रूपमा प्रयत्न गर्‍यौं, तर केपी ओलीले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि हाम्रो प्रयत्नले मात्र पार्टी एकता कायम रहन नसक्ने स्थिति उत्पन्न भयो ।

नेता नेपालले एमाले एकतावद्ध भएर अघि बढ्न नसक्ने अत्यन्त पीडादायी अवस्था सिर्जना भएको पनि बताएका छन् र त्यसमा पनि अध्यक्ष ओलीको दोष देखाएका छन् ।

‘यस्तो स्थिति सिर्जना हुनुको मुख्य कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले अंगीकार गरेको गलत विचार र उहाँले गरिरहेको गलत व्यवहार हो ।’

नेता माधव कुमार नेपाल