Breaking News

महावैका महिला सीपसिकी उद्यमी बन्दै

बासमती कठायत

३१ साउन, कालिकोट । कालिकोटको महावै गाउँपालिका वडा नम्बर ६ निवासी शारदा शाहीलाई जिवन चलाउन केही न केही सिप सिक्नुपर्छ भन्ने मनमा आयो । आफुजस्तै अरु महिलाले सिलाई बुनाइ गरेको देख्दा उनलाई पनि यस्तै काम गर्नुपर्छ भन्ने मनमा आईरहन्थ्यो । मनमा लागेर के गर्नु आफ्नो स्रोतसाधनले नपुग्ने शारदालाई केही समयपछि गाउँपालिका अन्तर्गतको उद्योम विकास शाखाले सोही वडामा शारदा जस्तै बेरोजगार महिलालाई सिलाई तथा बुनाई कार्यक्रम दिएपछि अहिले शारदा जस्तै गाउँकी बेरोजगार महिलाले सीप सिक्न थालेकी छन ।

गएको आर्थिक वर्ष २०७७ ०७८ मा लघुउद्योम विकास कार्यक्रमको आर्थिक सहयोग, गाउँपालिकाको आयोजना र एप्पल टेक्निकल इन्सिच्युटको प्राविधिक सहयोगमा वडा नम्बर ६ र ७ मा एकै वर्षमा ३० जना सिलार्इ कटाई, २१ जना ढाँका बुनार्इ अन्य ३० जना गरेर ७६ जना वेरोजगार युवा तथा युवतीलाई सिप सिकाएको इन्सिच्युटका संचालक तुलाराज शाहीले कदुर न्यूजलाई बताएका छन ।

शाहीका अनुसार, पहिलो एक वर्षमा ७६ जना बढीलाई सिप सिकाएर आत्मानिर्भर गरेका छौ । अव उनिहरुले आफ्नो लगानीमा जिविको पार्जनका विभिन्न काम गरेर आय आर्जनका क्रियाकलाव गर्न सक्ने उनले बताए । अझै यो कार्यक्रम गाउँपालिकाका ७ वटै वडाहरुमा लागू गर्न सके वेरोजगार युवा तथा युवतीले सिप सिकेर आत्मानिर्भर हुन विश्वस रहेको उनले बताए।

आफ्नो एक वर्षकै समयमा ७६ जना उद्योमी उत्पादन गर्नु ठुलो उपलब्धि रहेको उद्योम विकास सहजकर्ता तथा कदर न्यूज की कालिकोेट संवाददाता वास्मती रोकायाको पनि अनुभाव सुनाइन। उनले कदर न्यूजलाई बताउंद अगाडी भनिन्,’ विकास बटोघाटो, पुलपुलेसा निर्माणले मात्रै जनको सवै समस्या हल हुदैनन् , नागरिकको पहिलो आवश्यकता आफुआत्मानिर्भर भएर सम्वृद्धीको बाटोमा अगाढी बढ्नु आजको प्रथम आवश्यक रहेको उनले बताइन । अझै लघुउद्योम विकास शाखाले जिविकोपार्जन संगै उत्पादन मुखी, कार्यक्रम ल्याउने कुरामा आफु विश्वस्त रहेको समेत उनले बताइन।

लेखक : बासमती कठायत