नेकपा बिप्लव कोलिकोटद्धारा रास्कोटमा नगरकमिटी को वडास्तरीय प्रशिक्षण कार्यकम सम्पन्न

नेकपा विप्वल निकट नेकपाले कालिकोट राष्कोट नगरकमिटी को वडा न ६ मा वडा स्तरीय प्रशिक्षण कार्यकम सम्पन्न गरेको छ । वडा ईन्चार्ज क. निर्देशन सुनार को अध्यक्षता जिल्ला सेक्रेटरी क. मनिलाल ऐडी (रणदिप) को प्रमुख आतिथ्यता, जिल्ला सल्लाहाकार संयोजक छत्र ब. बम, जिल्ला कमिटी सदस्य क. नन्द ब. बिक, युवा संगठनका ब्युरो सदस्य क. भुकुम्प राष्कोट अन्तरगतका सबै वडा ईन्चार्जहरुको आतिथ्यतामा कार्यकममा ६ न वडाका सबै पार्टी सदस्यहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यकम लाई सम्बोधन गर्दै प्रमुख अतिथि क. रणदीप ले बर्तमान ब्यबस्था लुटेरा, ठग, दलाल र राष्ट्घाती भष्ट्हरुले आज यो अवस्था आएको र त्यसका लागि श्रमजिबी जनताको ब्यबस्था बैज्ञानिक समाजवादी ब्यबस्थाका निम्ति जनमत संग्रह अनिवार्य भएको धारणा राख्दै उनले जनमत संग्रहको निर्बाचन गर्न बर्तमान सरकार र पार्टीहरु तयार नभए आन्दोलनको आँधीबेहरी सृजना हुने बताएका थिए । बर्तमान संकटको सामधानको एजेण्डा जनमत संग्रह र बैज्ञानिक समाजवाद बारे जनतालाई स्पस्ट पार्न रातदिन खटेर लाग्न कार्यकर्तालाई निर्देशन समेत दिएका थिए।

यो बेला भनेको लोभवीपापीहरु साईड लाग्ने र ईमान्दारहरु गोलबन्द हुने बेला भएकोले ध्रुबीकरणलाई विशेष जोड दिएर लाग्न अपिल गरेका थिए । उक्त कार्यकममा वडा कमिटी गठन समेत गरिएको कुरा जिल्ला कमिटी सदस्य क. निर्देशन सुनार ले बताएका छन् ।