Breaking News

पूर्व लडाकू बन्दना राईद्धारा हेलम्बु बाढीपिडीतलाई सहयोग प्रदान

२३ साउन, काठमाण्डौ । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीस्थित हेलम्बु बजारमा गएको असार १ गते अचानक आएको लेदा सहितको बाढीले धेरै मात्रामा क्षति पुर्याउनुका साथै हजारौ खेती योग्य हेक्टर जमिन समेत बगरमा परिणनत गराएको छ ।

हेलम्बु बजारलाई बाढीले पूर्ण रुपमा क्षति पुर्याएपछि सो क्षेत्रका बाढीपिडितलाई राहत बाँड्नेहरुको उल्लेख्य भिड मध्यभित्रमा एक महिला सामाजिकयन्ता बन्दना साम्पाड राई पनि सो बाढीबाट पिडित भएका केही घरपरिवारलाई सहयोग गर्ने हेतुले हेलम्बु बजार पुगिन । त्यहां राहत दिनेहरुको कमी त थिएन तर उनी एक असल र सच्चा मनले आफुले गर्न सकिने सहयोगको लागि भनेर केही ट्र्की कुखुरा र ति कुखुरालाई खुवाईने दाना लिएर हेलम्बुका १८ घरपरिवारलाई बाढ्न सफल समेत भइन ।

आफ्नो कलिलो सानो उमेरमा घरपरिवारसंगै खेल्ने र पढ्ने रहरमै देशको समृद्धि, विकास र व्यवस्था परिवर्तनको उद्घोस गरी तत्कालीन माओवादी जनयुद्धमा होमिएर जनताको हितका लागि भूमिगत भएर सेवारत भएकी उनी शान्ति सम्झौता पछि उनी क्यान्टोनमेन्ट र अन्य बाहिरी सामाजिक कार्यमा लागिरहने उनको सामाजिक अभियान अहिले सम्म पनि जारी छ । अनमिनको सेना प्रमाणीकरणमा बाल सेनाको बिल्ला थपाई बिदाई भएकी उनी सो कार्यबाट रुष्ट हुुनुका साथै निरास भएर उनी केही वर्ष बैदेशिक कामको शिलशिलामा बिदेशमा समेत पुगेर बैदेशिक रोजगारी गर्न समेत भ्याएकी उनी अहिले नेपाल फर्केर सोनो व्यवसायमा लागेकी छन् ।

Open Photo

बिभिन्न सामाजिक कार्यमा लागि रहेने बन्दना राई गएको असार १ गते आएको बाढीले हेलम्बु बाढीपिडीत लाई केही राहत पुगोस भन्ने मनसायले आफ्नो तर्फबाट १० वटा ट्र्की कुखुरा र कुखरालाई खुवाउने चारो सहितको राहत करिब १८ घरपरिवारलाई बाँडेकी छन् । कदर न्यूजलाई जानकारी दिने क्रममा राईले आफु सामाजिक कार्यमा लाग्न रहर गर्ने र आफूले गर्न सक्ने जे जस्तो छ त्यही खालको सहयोग गर्न मन पराउने भएकाले यो मेरो आफ्नो तर्फबाट हेलम्बुका बाढीपिडीतलाई केही राहत होस् भन्ने उद्देश्यले आफु हेलम्बु पुगेको बताइन । उनका अनुसार हेलम्बुमा पुगेर सो सानो सहयोग पछि बाढीले पुर्याएको क्षति बारे अध्ययन गर्ने क्रममा बाढीले हेलम्बु बजार पूर्ण रुपमा क्षति भएको र करिब साना ठूला गरी डेढसय घर पूर्ण रुपमा क्षति हुनुका साथै हजारौं खेतियोग्य जमिन समेत बगरमा परिणनत भएको जानकारी दिइन ।

Open Photo

मेलम्ची खोला र ईन्द्रावती खोलामा एकैसात आएको लेदो सहितको बाढीले हेलम्बु बजार पूर्ण रुपमा क्षतविक्षत हुनुका साथै खोला किनारामा भएका साना टहराहरु पूर्ण रुपमा बगाएर लगेको अन्य केही पिल्लर वाल घर समेत बाढीले बगाएर लग्नुका साथै अन्य पिल्लरवाला कयौं घरमा क्षति पुर्याउनुका साथै फेरि प्रयोग नहुने अवस्थामा रहेको र बाँकी रहेका घरहरुका दुई तलासम्म लेदो बाटो सहितले पुरिएको समेत अभियान्ता राईले बताइन ।

Open Photo

राईका अनुसार हेलम्बुको अवस्था दर्दनाक भएता पनि मानवीय क्षति भने भएको छैन । बाढीपिडितलाई राहतका सामाग्री दिने हरुको ठूलै भिड भएपनि जो जसले वितरण गरे पनि वास्तविक सही पिडितले राहत पाउन सकोस र पिडित परिवारले अबका दिनमा केही गरेर बाँच्न सक्ने सहयोगका सान्त्वना पाओस् मेरो शुभकामना ।