त्रिभुवन विश्वविद्यालयले आफूले सञ्चालन गर्ने परीक्षा स्थगित नहुने

२३ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफूले सञ्चालन गर्ने परीक्षा स्थगित नहुने जानकारी दिएको छ ।

हाल त्रिविमा सबैजसो संकायको स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका परीक्षा स्थगित नहुने अनलाइनखबरलाई जानकारी दिए ।

स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा शुक्रबार नै सकिएको छ भने विज्ञान र शिक्षा संकायका परीक्षा आइतबार सकिनेछ ।

त्यसपछि मानविकी तथा सामाजिक संकायको मात्र परीक्षा बाँकी रहने जोशीले बताए । परीक्षा दिन बाँकी विद्यार्थी थोरै रहेको र लामो समयसम्म परीक्षा नभएका कारण स्वास्थ्य मापदण्ड अपनाएर ती परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

‘हाम्रो सबै परीक्षाको हिसाब गर्दा २०र३० हजार विद्यार्थी छन्, धेरैजसोको परीक्षा सकिने क्रममा छन्’ उनले भने, ‘त्यसैले त्रिविले तोकेको सबै परीक्षा सञ्चालन हुन्छन् ।