सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने सहमति

१८ साउन काठमाडौं । सत्तारुढ दलहरुका प्रमुख तीन राजनीतिक दलका प्रमुखको बालुवाटारमा बसेको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री नियुक्त भएको तीन साता पुग्दा पनि सरकारले पूर्णता नपाएको भन्दै आलोचना भइरहेको छ । तर सोमबार शीर्ष नेताहरुबीच गठबन्धन सरकारका न्यूनतम कार्यक्रमपछि मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको छ ।

‘सरकार विस्तार, मन्त्रालय भागवण्डा र सरकारका न्यूनतम कार्यक्रमका बारेमा छलफल भएको बताइएकाृ छ । सहमतिमा पहिला न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मन्त्रिमण्डल विस्तार गर्ने समझदारी भएको छ ।’

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष यादव सहभागी थिए ।