माओवादी केन्द्रबाट निष्कासनमा परेका एमाले ४ नेताको सांसद पद पुनर्बहाली गर्न सर्वोच्च अदालतद्धाराअन्तरिम आदेश दिन अस्वीकार

१८ साउन, काठमाडौं । माओवादी केन्द्रबाट निष्कासनमा परेका एमाले नेताले सांसद पद पुनर्बहाली गर्न माग गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले एमाले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

स्पष्टीकरणको मौका दिई सांसद पदबाट हटाएको देखिएको भन्दै सर्वोच्चले अन्तिम सुनुवाइका बेला बाँकी विवाद निरुपण हुने भनी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

हेर्नुहोस् आदेश :