थप ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि २३ जनाको मृत्यु भएको छ भने १ हजार ९२५ जना निको

१८ साउन, काठमाडौं । नेपालमा थप देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार ६१३ नमुनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ एन्टिजेन परीक्षण गर्दा ८४६ जना गरी ३ हजार १२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजै कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने १ हजार ९२५ जना निको भएका छन् ।