बालुवाटारमा सत्ता साझेदारका मुख्य तीन नेताको वार्ता सुरु

१८ साउन, काठमाडौं । सत्ताा गठबन्धनका मुख्य तीन दलका नेता प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा बसेका छन । प्राप्त सूचना अनुसार मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठक शुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल शुरु भएको हो ।