Breaking News

एमाले स्थायी कमिटी बैठक बस्दै, माधव पक्षद्धारा बैठक रोक्न अनुरोध अध्यक्ष ओलीद्धारा अस्वीकार

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै छ । आज विहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्ने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार आजको स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने छ । विघटित कार्यदलका सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर शनिबार बैठक रोक्न आग्रह गरेका थिए । तर अध्यक्ष ओलीले बैठक रोक्न नसकिने जवाफ दिए ।

यता वरिष्ठ नेता माधव नेपाल पक्ष भने सहमतिवेगर बोलाइएको बैठकमा सहभागी नहुने अडानमा छ । आजको बैठकमा पनि नेपाल पक्षको सहभागिता नरहेको नेता रघुजी पन्तले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘सहमति बेगर बोलाइएको बैठकमा नजाने हाम्रो अडान छ । सहमति नभए कुनै बैठकमा जाँदैनौं ।’ पन्तका अनुसार शनिबार अध्यक्ष ओलीसँग भेटेको टोलीले आज १० बजे नेता नेपालसँग भेटवार्ता गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *