Breaking News

आज बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची यस्तो छ

आज अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा राष्ट्रपति बिद्या भण्डारीबाट प्राप्त संसद अधिवेशन बोलाउने सम्बन्धी पत्र सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा पढेर सुनाउने कार्यसुची रहेको छ ।

यस्तै राष्ट्रपतिबाट प्राप्त मन्त्रिपरिषद हेरफेर सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची राखिएको छ ।

यस्तै सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन् ।

यस्तै ११ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसुची रहेको संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले जनाएका छन् ।

संसदको अन्य कार्यसुची तय गर्नका लागि अहिले केही बेरपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

गत असार २८ गते सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधि सभा पुनःस्थापना गर्दैै ७ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।