ओली पक्षीय युवाद्धारा कोटेश्वरमा माधव नेपालको पुत्ला जलाउनुका साथै नेपाल निवास प्रवेश गर्ने प्रयास

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समर्थक युवा संघका कार्यकर्ताहरूले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरमा पुत्ला जलाएका छन्।

बुधबार भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका कार्यकर्ताहरू त्यहाँबाट फर्किएर कोटेश्वरमा भेला भएका हुन् ।
सो अवसरमा प्रहरी र प्रदर्शनकारीहरूबिच पुत्ला खोसाखोस भएको थियो।

उनीहरूलाई माधव नेपाल निवासतिर जानबाट रोक्न प्रहरी सुरक्षासमेत बढाइएको छ।

प्रधानमन्त्री पदबाट मुक्त भएपछि केपी शर्मा ओलीलाई युवा संघका कार्यकर्ताहरूले बालुवाटारदेखि बालकोटसम्म मोटरसाइकल तथा गाडीले स्कर्टिङ गरेर पुर्‍याएका थिए। उनीहरूले नाराबाजी समेत गरेका थिए।

ओलीनिकट भक्तपुरका सासंद महेश बस्नेतले पनि केही कार्यकर्ताहरू कोटेश्वर गएको थाहा पाएको बताए । यद्यपी उनले त्यसो नगर्न भन्दै हपारिसकेको बताए ।