पछिल्लो पछिल्लो २४ घन्टामा २९०५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो घन्टामा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार २४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ८१०८ जनाको पिसिआर परीक्षणबाट २०१० जनामा संक्रमण पुष्टि भएको छ भने ४९१६ जनाको एन्टिजेन परीक्षणबाट ८९५ जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६०६ जना संक्रमणमुक्त भएका छन्।

यस्तै १८ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९४३० पुगेको छ।