बालकोट बारदलीबाट ओलीकोे रोधन : बिना कारण जाल, झेल र तिक्णम गरेर मलाई हटाईयो

सरकारबाट बहिर्गमित भएका निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमाले भातृ संगठन युथ फोर्स र युवा संघले बालुवाटारबाट स्कर्टिङ र नाराबाजी गर्दै बालकोटस्थित घरमा पुर्‍याएपछि निवर्तमान प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीले घरको बारदलीबाटै कार्यकर्तालाई सम्बोधन गर्दै अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।

आफूलाई कुनै गल्तीविना अकारण हटाइएको ओलीको दाबी थियो।

‘जनादेशबाट होइन परमादेशबाट अकारण, कुनै गल्ती गरेर होइन। काम गर्न नसकेर होइन। देशको विकास गरेर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वीकार्य बनाएर, विकास अगाडि बढाएर अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि अगाडि बढाएर काम गर्दागर्दै जाली झेलीहरूको जालझेल, कपट, षड्यन्त्र स्वरूप अदालतमा मुद्दा हालेर कुनै मूल्यांकनको आधारमा होइन, असंवैधानिक फैसलाबाट जनादेश विपरीत, जनतामा जान नदिएर अदालतबाट प्रधानमन्त्री तोक्ने गलत नजिर, विश्वमा कहीँ नभएको नजिर कायम गरेर नेपाली जनतामाथि, लोकतन्त्रमाथि अतिक्रमण भएको छ ।

‘अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको जात्रा सर्वोच्च अदालतमा भयो,’ उनले भने।

देशका लागि राम्रो काम गरेको र विकास गरेकोले ग्लानी नभएको पनि बताए।

अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई लाजशरम हराएका मानिसहरू भनेका थिए।

‘आफ्नै पार्टीको सरकार ढाल्नका लागि कहिले राष्ट्रपतिकहाँ विरोधीलाई लाइन लगाएर, माधव नेपालजस्ता लाजशरम हराएका मानिसहरू,’ उनले भने। उनले यसो भन्दा कार्यकर्ताले माधव नेपाललाई पार्टीबाट निकाल्नुपर्ने भन्दै नाराबाजी गरेका थिए।

उनले पार्टीका नेताहरूलाई गल्ती स्वीकार गरेर आएमा काम गर्न दिइने बताएका थिए। तर माधव नेपालका हकमा गल्ती कमीकमजोरी स्वीकार्य कुनै ठाउँ नरहेको ओलीको भनाइ थियो।