सर्वोच्चको फैसला सोमबार अपरान्ह आइपुग्यो। साँझसम्मको समय छ, आज फैसला कार्यान्वयन हुन्छ

राष्ट्रपति कार्यालय

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज प्रधानमन्त्री नियुक्त गर्ने भएकी छन्।

सर्वोच्च अदालतले हिजो सोमबार देउवालाई आज साँझ पाँच बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

‘सर्वोच्चको फैसला सोमबार अपरान्ह आइपुग्यो। साँझसम्मको समय छ, आज फैसला कार्यान्वयन हुन्छ ।

राष्ट्रपति कार्यालयमा देउवाको सपथको भने अहिलेसम्म तयारी भइसकेको छैन। आज देउवा प्रधानमन्त्री नियुक्तमात्र हुन्छन् कि सपथ पनि लिन्छन् भन्ने टुंगो छैन।
देउवाको सचिवालयले पनि सपथका लागि राष्ट्रपति कार्यालयबाट औपचारिक जानकारी नआएको बताएको छ।

देउवाले आफ्नो प्रधानमन्त्रीको सपथसँगै सानो आकारको मन्त्रिमण्डल पनि बनाउने बताएका छन्।