एमालेले स्थायी कमिटी बैठक स्थगित

नेकपा एमालेले स्थायी कमिटी बैठक आज बोलाएको भए पनि स्थगित भएको छ।
आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएकोले स्थायी कमिटी स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।