सरकारमा पठाउने मन्त्रीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

२९ असार, काठमाडौं । हिजो सर्वोच्चले फैसला गर्दै प्रतिनिधिसभाको पुनस्थापना गर्दै काग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि आजै गठन हुने मन्त्रीमण्डल गठनका बारेमा सरकारमा पठाउने मन्त्रीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीबारे निर्णय गर्ने एक नेताले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दैछन् । आजै विपक्षी गठबन्धनलाई समेत समेटेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी देउवाले गरेका छन् ।