सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

२८ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी छिन् ।

सोमबार संघीय संसदको महासहचिव डा. भरतराज गौतमले विज्ञप्ति जारी गरेर राष्ट्रिय सभाको अन्त्‍य भएको जानकारी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को २०७८/०३/२८को सिफारिसमा राष्ट्रियसभाको चालू अधिवेशन २०८७ साल असार २८ गते सोमबार दिन १२ बजे देखि अन्त्‍य भएकाले मिति २०७८ असार २९ गते मंगलबार दिनको ३ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक समेत स्वतस् अन्त्य भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ३ को उपनियम (२) बमोजिम प्रतिबन्धात्मक वाक्यांश बमोजिम यो सूचना प्रकाशित गरिएको छ।’

हेर्नुहोस् विज्ञप्ति :