Breaking News

सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचायो

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले आज प्रतिनिधिसभालाई पुनस्थापना गरेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको बताएका छन् ।

‘सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको छैन । संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ’, नेता नेपालले भने । यसपटक अदालतले आफ्नो गरिमा बढाएको उनले बताए ।

संविधानमा केही अस्पष्टतता थियो । तर त्यो व्याख्या पनि गरिदिएको छ’, नेता नेपालले भने । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) मा फ्लोर क्रस गर्ने सांसदको पद नजाने निर्णय गरेको छ ।