बैठक सकारात्मक रुपमा अघि बढिरहेको छ, अविश्वासको खाडल पुरिँदैछ

माधव नेपाल पक्ष

नेकपा एमाले भित्रको जारी विवाद समाधान गर्नका लागि बसेको कार्यदलको बैठकपछि माधव नेपाल पक्षले बैठक सकारात्मक रुपमा अघि बढिरहेको प्रतिक्रिया दिएको छ । आज सिंहदरबारमा कार्यदलको बैठक बसेको थियो ।

बैठकपछि प्रतिक्रिया दिँदै माधव पक्षका नेता गोकर्ण विष्टले अविश्वासको खाडल पुरिँदै गएको बताए । ‘अविश्वासको खाडल पुरिँदैछ, सहमति नजिक छौं,’ ‘सम्भवतः भोलि बसेर टुंग्याउछौँ ।

विष्टले नेकपा एमालेको नेता र कार्यकर्ताको भावनाबामोजिम एकता हुने जिकिर गर्दै त्यही अनुसार तयारी भइरहेको बताए । ‘जेठ २ को अवस्थामा फर्कने यसअघि नै सहमति भइसकेको छ । अन्य विषयमा पनि सहमति खोज्दैछौ ।