एमालेको विवाद समाधान कार्यदलको बैठकमा कुनै सहमति हुन सकेन

२२ असार, काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा आज बसे पनि कुनै सहमति हुन सकेन ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका एक सदस्यले बताए ।

बैठक बुधबार विहान साढे ८ बजे फेरि बस्ने बताइएको छ ।