२,६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुंदा २,६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२२ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८ र ५,०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १,६६५ छ । त्यस्तै कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३६५, झापामा १७६, सुनसरीमा १३५, मोरङमा ११२, ललितपुरमा १०५, कास्कीमा १०घ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै चितवनमा ९६, नुवाकोटमा ६६ नवलपरासी पुर्वमा ३९, खोटाङमा ३७, रुपन्‍देहीमा ३५, कमवानपुर र पाल्पामा ३४र३४ जना, भक्तपुरमा २९ जना कोरोना संक्रमित थपिएका छन् ।

बागलुङमा २६, सुर्खेतमा २२, काभ्रेपलाञ्चोमा २१, स्याङजामा १७, सिन्धुलीमा १६, धादिङमा १५, बारा र कैलालीमा १४र१४ जना, दोलखा, दाङ र दैलेखमा १३र१३ जना र गोरखामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ६८ बालबालिकालाईकोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ११४ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।