बेनी अस्पतालमा एक हप्ता भित्रमा इण्डोस्कोपी सेवा संचालन ल्याइने

२२ असार, बेनी, म्याग्दी । बेनी अस्पतालले एक हप्ता भित्रमा इण्डोस्कोपी सेवा संचालन गर्ने भएको छ । स्थानीय पूर्वाधार विकास सांझेदारी कार्यक्रमको ३० लाख बजेटबाट उपकरण खरिद गरी सेवा संचालन गर्न लागिएको जानकारी बेनी अस्पताल व्यस्थापन समितिका अध्यक्ष वेलबहादुर कटुवालले बताएका छन् ।

अध्यक्ष कटुवालकाअनुसार विरामीकोे अवस्थालाई मध्यनजर गर्दै सो सेवा सचालन गर्न थाथिएको बताए । अस्पतालमा भौतिक संरचना प्राप्त नभए पनि गुणस्तरीय सेवा थपिरहेको र हाललाई मोनिटरसहित आवश्यक उपकरण जडान भइरहेको पनि बताए ।

म्याग्दीबाट प्रतिनिधिसभा सांसद भुपेन्द्रबहादुर थापाबाट धवलागिरी गाउंपालिकालाई बिनियोजन उक्त रकम गाउंपालिकाले अस्पतालाई इण्डोस्कोपी मेसिनमा प्रयोग गरिएको बताए । हालसम्म म्याग्दीका बिरामीलाई इण्डोस्कोपीका लागि पोेखरा पठाइने गरिएको थियो ।

 

अध्यक्ष कटुवालका अनुसार नाककानको रोग, गलाको रोग, आन्द्रा सुन्निने, पित्तथैलीमा पत्थरी, पेटको अल्सर, दिशापिसाव बाट रगत, गर्भअवस्थामा गम्भीर समस्या देखिएमा, शल्यक्रिया गर्नु अगाडी र अन्य समस्या समेत पत्ता लगाउनको लागि इण्डोस्कोपीको आवश्यकता भएकाले नै अबका दिनमा सो सेवा सुरु गर्न लागिएको उनले बताए ।

भिडियो एक्सरेबाट पत्ता नलागेको सेवा इण्डोस्कोपीबाट करिब ५ देखि १० मिनेट भित्रमा बिरामीको रोग पत्ता लगाएर उपचार गर्न सकिन्छ । यसले गर्दा अबका दिनमा त्यस क्षेत्रका बिरामी जनताले गम्भीर समस्याका बिरामी बाहेक अरु बिरामीलाई सहजै उपचार गर्न सकिने समेत बताइएको छ ।