१८ असार, काठमाडौं । नेकपा एमालेको आज सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई बैठकमा स्वागत गर्दै बैठकको निरन्तर आउन आग्रह गरेका छन् । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्दै केन्द्रीय कमिटीको बैठक बोलाएपछि गौतम शुक्रबार बैठकमा उपस्थित भएका छन् ।
अलिक लामो समयपछि बैठकमा आउनुभएका उपाध्यक्ष कमरेडलाई हार्दिक स्वागत छ । यो फेरि आयो, गयो नहोस् ।’
ओलीको जवाफमा गौतमले भने विषयअनुसार विरोध र समर्थन रहने बताए । भने, ‘अध्यक्षले आउने जाने नगर्न भने पनि म सँधै क्रिटिकल छु । विषयअनुसार समर्थन र विरोध गर्छु ।