भोलि शनिबार बस्ने केन्द्रीय कमिटी बैठकमा आउन ओलीद्धारा माधव पक्षलाई आहन

१८ असार, काठमाडौं । नेकपा एमालेको आज बालुवाटारमा बसिरहेको बैठकमा अध्यक्ष ओलीले माधव पक्षलाई भोलि शनिबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन आह्वान गरेका छन् ।

उपाध्यक्ष वामदेव गौतमलाई बैठकमा स्वागत गर्दै अन्य नेताहरु पनि बैठकमा आउनुपर्ने उनले बताए । ‘उहाँ (वामदेव गौतम) लाई स्वागत गर्दै अन्य कमरेडहरुलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्छु,’ अध्यक्ष ओलीले भने ।