भृकुटीमण्डप प्रदर्शनीमार्गमा सरकारविरुद्ध प्रदर्शन

१६ असार, काठमाडौं । विपक्षी गठबन्धनको विद्यार्थी संगठनले बिहीबार काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनले प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको पुत्ला दहन सहित प्रदर्शन गरेको हो । प्रदर्शनमा प्रहरीले पुत्ला खोसेर निभाएको थियो । त्यस क्रममा केही बेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विपक्षी गठबन्धनले सडक आन्दोलन सुरु गरेको छ ।