राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने

१६ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने भएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले असारको २० वा २१ गते बैठकमा सम्बोधन हुन सक्छ । बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रपतिले सम्बोधन गर्ने भनी सरकारबाट जानकारी आएको बताएका थिए ।

राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन रहे पनि प्रतिनिधिसभा विघटन भएकाले यो वर्ष उनले संसदमा सम्बोधन गरेकी छैनन् ।