सार्वजनिक यातायात आज बिहानैदेखि चल्न थाले

१५ असार, काठमाडौं । काठमाडौं उपत्यकामा लगाईएको निषेधाज्ञामा बन्द अवस्थामा रहेका सार्वजनिक यातायात आज बिहानैदेखि चल्न थालेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महीनापछि आजदेखि सार्वजनिक बस सञ्चालनमा आएका हुन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले २५ भन्दा धेरै सिट भएका सार्वजनिक बस आजदेखि जोर(बिजोर प्रणालीमा सञ्चालन गर्न दिने गरी उक सातालाई निषेधाज्ञा थप गर्ने निर्णय गरेका थिए ।

उक्त निर्णय अनुसार २५ भन्दा धेरै सिट भएका सार्वजनिक बसहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै सञ्चालन हुन पाउनेछन् । बसमा आवश्यक स्वास्थ्य सुरक्षाका व्यवस्थासमेत मिलाउनु पर्नेछ ।

कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै सार्वजनिक सवारी साधन सञ्चालन हुन पाएका थिएन ।