नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को एउटा दरबन्दी थप

१४ असार, काठमाडौं । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को एउटा दरबन्दी थप भएको छ । दरबन्दी थपिएको पत्र गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पठाएको छ ।

थपिएको एउटा पदमा बढुवा प्रक्रिया थालिएको छ । एआईजीको दरबन्दी थप भएसँगै भावी प्रहरी महानिरीक्षक (आईजीपी) का लागि दुई जना प्रतिस्पर्धी हुने भएका छन् ।एआईजीको संख्या ५ पुगेको छ ।