नेदरल्याण्ड्स युरोकप २०२० को अन्तिम १६ को चरणमा प्रवेश

८ असार, काठमाडौं । नेदरल्याण्ड्सले युरोकप २०२० को समूह चरणमा शतप्रतिशत जित हात पारेको छ ।

हिजो राती भएको समूह सी को अन्तिम खेलमा नेदरल्याण्ड्सले नर्थ मेसेडोनियालाई ३(० ले पराजित गरेको हो ।

घरेलु मैदान योहान क्रुफ एरेनामा भएको खेलमा नेदरल्याण्ड्सका लागि जर्जिनिओ विज्नाल्डमले दुई गोल गरे ।

यस्तै मेम्फिस डिपाएले एक गोल गरे ।

खेलको २४औँ मिनेटमा डिपाएले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा विज्नाल्डमले दुई गोल गर्दा दुवै असिस्ट डिपाएले गरे। विज्नाल्डमले ५१औँ र ५८औँ मिनेटमा गोल गरे।

यसअघि नै लगातार दुई खेल जित्दै नेदरल्याण्ड्सले नकआउट राउण्डमा स्थान बनाईसकेको थियो ।

डेब्युटान्ट नर्थ मेसेडोनिया भने समूहको सबै तीन खेल हार्दै बाहिरिएको छ ।