आत्मघाती गोल गरेपछि चिली र ऊरुग्गे बराबरीमा

८ असार, काठमाडौं । कोपा अमेरिका फुटबल अन्तर्गत समूह बी को खेलमा आज राती भएको खेलमा चिली र उरुग्वेले १(१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

दोस्रो हाफमा अर्टुरो भिदालले आत्मघाती गोल गरेपछि चिलीले अंक बाँडेको हो ।

ब्राजिलको एरेना पान्थानाल मैदानमा भएको खेलको २६औँ मिनेटमा एडुवार्डो भर्गासले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा चिलीले अग्रता कायमै राखेको थियो । ६६औँ मिनेटमा चिलीकै भिदालले आत्मघाती गोल गरेपछि उरुग्वेले अंक जोड्न सफल भयो ।

बराबरीपछि चिलीले समूह ए मा ३ खेलबाट ५ अंक जोड्दै शीर्ष स्थानमा छ । उरुग्वेको २ खेलबाट १ अंक छ ।