कोरोनाभाइरस पछि विश्वको नेतृत्व चीनको हातमा गइरहेको हो त ?

चिनको बुआन शहरबाट फैलिएको कोरोना भाइरले विश्व नै जेलिसकेको छ । यसै क्रममा विश्वको एक मात्र शक्तिशाली देश आफू हुं भनेर कहलिएको अमेरिका कोरोना भाइरसका कारण थाल परेको नभई आफ्नो दर्द गरिएको विश्वको शिक्तशाली देशको पदवी यही कोरोना भाइरसका कारणले खोसिएको हो वा खोसिन लागेको हो भन्ने विश्लेषण आउने थालेको छन् । अनुमान गर्न थालिएको छ । त्यसको विकल्प को हो त भन्ने सवालमा कोरोना भाइरस उत्पति भएको देश चीन को नाम बाहिर आएको छ भने उ आफैलाई अबको सर्वो शक्तिशाली देश कहलाउन थालेको छ । आज यही कोरोना भाइरसका कारणले स्पेन नराम्ररी प्रभावित देशमध्ये एक हो । खासगरी स्पेनका ती क्षेत्रमा जहां कोरोना संक्रमणका धेरै मामिला प्रकाशमा आएको छ, त्यहां स्पेनलाई मेडिकल संशाधन र उपकरणहरुको अति आवश्यक छ ।
तर, स्पेनलाई आवश्यक यी मेडिकल संशाधन जुटाउने प्रयासमा टर्की सरकारसंगको खराब सम्बन्ध अवरोध बन्यो । परिणाम स्वरुप स्पेनका तीन हेल्थ ट्रस्टले खरिद गरेका सयौं थान भेन्टिलेर ल्याउंदै गरेको जहाज टर्की सरकारले आफ्नो कब्जामा लियो । स्पेनका मिडियाले त्यहांको सरकारलाई उद्धृत गर्दै टर्कीको उक्त कार्यलाई ‘चोरी’ संज्ञा दिए ।
लगभग एक हप्तासम्मको तनावपछि आखिर आफ्नो मेडिकल उपकरण लादिएका जहाजलाई स्पेनले टर्कीको कब्जाबाट मुक्त गराउन सफलता पायो । तर यो घटना कोरोनाभाइरसले कसरी विश्वका तमाम भागमा कुटनीतिक तनावलाई जन्म दिइरहेको छ भन्ने सन्दर्भमा एउटा उदाहरण बनेर स्थापित भएको छ ।
कुन देशबीच बढ्दैछ विवाद
कोरोनाभाइरसका बारेमा अमेरिका र चीनबीच कुटनीतिक रुपमा भइरहेको आरोप–प्रत्यारोपलाई विश्वमै महत्वका साथ हेर्ने गरिएको छ । खासगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई चीनको इशारामा चलेको आरोप लगाएको र विश्व स्वास्थ्य संगठनलाई उपलब्ध गराउंदै आएको सहयोग रोक्नेबारे विचार गरिरहेको अभिव्यक्ति दिए । उनको यो अभिव्यक्तिको विश्वमै चर्चा भयो ।
तर, कोरोनाभाइरसका कारण विश्वमा कुटनीतिक तनावको यो मात्र एउटा उदाहरण भने होइन । चीनमाथि कोरोनाभाइरसका बिरामीको संख्या लुकाएको आरोप पनि लाग्दै आएको छ, यद्यपि कोरोनाभाइरससंग जोडिएको हरेक कुटनीतिक संघर्षको सम्बन्ध भने चीनसँग मात्र सम्बन्धित भने छैन ।
लन्डन स्कूल अफ इकोनोमिक्सका इन्स्टिच्यूट अफ ग्लोबल अफेयर्सकी सोफिया गस्टनले बीबीसीसँग भनिन्, ‘यो महामारीलाई साझा चुनौती मानेर आपसमा सहयोग हुनेछ भन्ने अपेक्षा तमाम मुलुकले गरेका थिए । तर तमाम मुलुक आफ्नो निजी हितलाई महत्व दिइरहेका छन्, सहयोगको साटो एक अर्कासँग होड गरिरहेका छन् ।
यो कुराको एउटा उदाहरणका रुपमा युरोपेली राष्ट्रबीच देखिएको फाटो प्रकाशमा आएको छ । जब इटलीमा कोरोना संक्रमणका मामिला तीव्र रुपमा बढ्न थाल्यो, इटलीले छिमेकी मुलुकलाई मेडिकल संशाधन उपलब्ध गराउन अपिल गरेको थियो, तर उसका दुई ठूला छिमेकी जर्मनी र फ्रान्सले आफ्नो मुलुकबाट त्यस्ता उत्पादन निर्यातमा रोक लगाइदिए ।
युरोपेली युनियनको मुख्यालय ब्रसेल्समा इटलीका राजदूत मारिजियो मसारीले पोलिटिको नामक वेबसाइटमा लेखे, ‘निश्चित रुपमा यो युरोपेली एकताका लागि शुभ संकेत होइन ।
इटलीबासी जर्मनीको एउटा अर्को करतुतबाट पनि स्तब्ध भए । कोरोनाभाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुकलाई चन्दा उठाएर सहयोगका लागि एउटा कोष बनाउन प्रस्ताव आयो । तर जर्मनीले त्यो प्रस्तावको विरोध ग¥यो ।
जर्मनीका अतिरिक्त नेदरल्याण्ड, अस्ट्रिया र फिनल्याण्डले पनि कोरोना प्रभावित देशलाई सहयोगका लागि कोष खडा गर्ने प्रस्तावको खुलेर विरोध गरे । जबकि, स्पेन, फ्रान्स, बेल्जियम, आयरल्याण्ड, पोर्चुगल, लक्जमवर्ग लगायतका मुलुकले उक्त प्रस्तावको समर्थन गरे ।
चीनको मास्क कुटनीति
चीनको ‘मास्क कुटनीति’ बुझ्नका लागि पनि इटली एउटा उदाहरण मान्न सकिन्छ । आफ्नो मुलुकमा कोरोनाभाइरसको प्रकोप नियन्त्रणमा आएपछि चीनले कयौँ मुलुकलाई प्रकोप नियन्त्रणका लागि आवश्यक संशाधन सहयोग गर्दै आएको छ । चीनले रुसलाई पनि यस्तो सहयोग उपलब्ध गराएको छ ।
यसैगरी इटलीलाई चीनले मेडिकल उपकरण र टेस्टिङ्ग किट उपलब्ध गरायो । साथै चीनले चिकित्सकको एक टोलीलाई पनि इटली पठायो, जसलाई इटलीमा ‘हिरो’का रुपमा हेरिएको छ । इटलीको सामाजिक सञ्जालमा स्थानीय भाषामा ‘धन्यवाद चीन’ भन्ने सन्देशसहितको ‘ह्यासट्याग’ लामो समय ट्रेन्डमा रह्यो ।
कुटनीतिक तथा अन्तर्राष्ट्रिय विकासका मुद्दासँग सम्बन्धित सेवा दिने लन्डनस्थित पेक्स टेकम नामक कन्सल्टेन्सी कम्पनीका कार्यकारी निर्देशक गेसु एन्टानियो बाएजका अनुसार अमेरिकाका तर्फबाट रिक्त हुँदै गएको कुटनीतिक स्थानलाई यो वैश्विक संकटमा पूर्ति गर्नका लागि चीनले धुर्त प्रयास गरिरहेको छ ।
सन् २०१६ मा डोनाल्ड ट्रम्प अमेरिकाको सत्तामा आएदेखि नै ‘अमेरिका फर्स्ट’ नीति अख्तियार गरेका छन् । अमेरिकाको छवि नै कसैका लागि साथ–सहयोग नगर्नेखालको देखिन्छ । चीनसँगको तनावका अतिरिक्त ट्रम्प सरकारले पुरानो सहयोगी जर्मनीलाई त्यतिबेला निराश तुल्यायो, जब एक जर्मन औषधि कम्पनीले कोरोनाभाइरसको खोप निर्माणको विशेषाधिकार हासिल गर्ने कोशिस गरेको थियो । हालैका दिनमा अमेरिकी राष्ट्रपतिले भारतलाई पनि मलेरियाको औषधि निर्यातमा लागेको प्रतिबन्ध नहटाए अमेरिकाले पनि जवाफी कदम चाल्ने चेतावनी दिए । उक्त औषधि कोरोना संक्रमणविरुद्धको उपचारमा प्रयोग गर्न परीक्षण भइरहेको छ ।
बाएजका भन्छन्, ‘यो वैश्विक महामारीको समयमा अमेरिकाले एक कुटनीतिक महाशक्तिका रुपमा दखल दिएको छैन, त्यसैका कारण पनि विश्व कुटनीतिमा अमेरिकाले खाली गर्दै आएको स्थानलाई चीनले भर्ने मौका पाएको छ ।
तर चीनको ‘मास्क कुटनीति’ को बाटो त्यति सहज भने छैन । यसको एक उदाहरणका रुपमा ब्राजिललाई लिन सकिन्छ । विश्वका अधिकांश मुलुक यो भाइरसको प्रकोपलाई सही समयमा सही रुपमा रोक्न चीन असफल भएको मान्छन् । त्यसैका कारण कयौं मुलुक चीनसँग असन्तुष्ट रहेको सोफिया बताउँछिन् ।
चीन र ब्राजिलबीच झगडा
अमेरिकी गुप्तचर रिपोर्टलाई उद्धृत गर्दै सोफियाले चीनमाथि कोरोना संक्रमणको मामिला लुकाएको आरोप लगाइन् । ब्रिटिश अधिकारीहरु पनि चीनमा कोरोनाभाइरस संक्रमितको संख्यामा प्रश्न गरेका छन् ।
सोफिया भन्छिन्, ‘जुन समय चीनमा कोरोनाको तथ्यांकमा प्रश्न चिन्ह खडा भएको छ, त्यही समय चीनको प्रचारतन्त्र आफ्नो देशको छवि राम्रो बनाउने अभियानमा थियो, चीनमा कोरोना संक्रमणको वास्तविक आंकडा प्रकाशमा आउन थालेपछि भने चीनप्रतिको असन्तुष्टि बढ्दै जानेछ ।
कोरोना भाइरसको सामना गर्न चीनको तौरतरिकामाथि ब्राजिलले पनि प्रश्न उठाएको छ । यो महामारी फैलिन थालेपछि चीन र ब्राजिलबीच कयौँ पटक आरोप–प्रत्यारोप भएको छ ।
ब्राजिलका राष्ट्रपतिका निकट सहयोगी र चीनका कुटनीतिक अधिकारीबीच सामाजिक सञ्जालमा समेत कयौं पटक एक अर्कामाथि आरोप–प्रत्यारोप भएको थियो ।
हालै ब्राजिलका शिक्षामन्त्री अब्राहम विनट्रबले एक ट्वीट गरे । चीनका अधिकारीहरुले उनको ट्वीटलाई ‘नश्लवादी’ संज्ञा दिए । ब्राजिलस्थित चिनियाँ दूतावासले ट्वीट गर्दै जवाफ दियो, ‘यस्तो भनाइ आपत्तिजनक र निन्दनीय छ, किनकि यसमा नश्लवादी सोच देखिन्छ ।
चीन ब्राजिलको सबैभन्दा ठूलो व्यावसायिक साझेदार हो । ब्राजिलको ८० प्रतिशत सोया चीनले खरिद गर्दै आएको छ । जबकि ब्राजिलका अधिकारीहरु चीनसँग भेन्टिलेटर र अन्य स्वास्थ्य उपकरण हासिल गर्न पहल गरिरहेका थिए । यसै समयमा शिक्षामन्त्री अब्राहमको ट्वीट आयो र दुई मुलुकबीच तनाव थप बढ्यो ।
बाएज भन्छन्, ‘यस्तो उदाहरणले नै आज कुटनीतिक प्रयासहरु विश्वमा पहिलाको तुलनामा अधिक आवश्यक भएको महसुस गराउँछ, सबै देशले आपसी सम्वादका माध्यमबाट एक अर्काप्रतिको भय र अविश्वासलाई समाप्त गर्नुपर्छ । तर पहिलादेखि नै चल्दै आएको कुटनीतिक संघर्षलाई कोरोनाभाइरसको प्रकोपले आगोमा घिउ थपेजस्तो गरिदियो । जस्तो कि ल्याटिन अमेरिकी देश कोलम्बिया र भेनेजुएलाबीच पनि तनाव देखियो ।
कोलम्बिया सरकारले भेनेजुएलाका राष्ट्रपछि निकोलस मदुरोको सरकारलाई मान्यता दिएको छैन । भेनेजुएलाबाट भागेर कोलम्बिया जाने गरेका प्रवासीको ठूलो चापलाई लिएर पनि तनाव बढ्दै गएको छ ।
यी दुई छिमेकी मुलुकबीच आरोप–प्रत्यारोपको पछिल्लो शृङ्खला त्यतिबेला प्रकाशमा आयो, जब भेनेजुएलाका राष्ट्रपति मदुरोले कोलम्बियाका समकक्षी इभान डुक्युलाई कोरोना संक्रमणको परीक्षण मेसिन दिने प्रस्ताव गरे । त्यतिबेला कोलम्बियामा यस्तो परीक्षण गर्ने एउटामात्र मेशिन रहे पनि त्यो बिग्रिएको समाचार प्रकाशमा आएको थियो ।
भेनेजुएलाको प्रस्तावमा कोलम्बियाले कुनै प्रतिक्रिया जनाएन । यसबाट भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोडरिग्ज निकै असन्तुष्ट भइन् ।
उनले ट्वीट गरिन्, ‘इभान डुक्युको सरकारले दुईवटा परीक्षण मेशिन दिने राष्ट्रपति मदुरोको प्रस्तावलाई अस्वीकार गरेको छ, यो कोलम्बियाको राष्ट्रपतिको त्यस्तो व्यवहारको उदाहरण हो जसले कोलम्बियाको जनताको जीवन र स्वास्थ्यप्रति कुनै महत्व नरहेको प्रष्ट पार्दछ ।
७ अप्रिलमा एउटा रेडियो च्यानललाई दिएको अन्तरवार्तामा कोलम्बियाका राष्ट्रपति इभानले भने, ‘भेनेजुएलाले हामीलाई दिन लागेको मेशिन हामीसँग यहाँ उपलब्ध केमिकल र संशाधनसँग मेल खाँदैनथ्यो ।
मध्यपूर्वमा पनि कतार र इजिप्टबीच कतारमा फसेका इजिप्टका नागरिकको भविष्यलाई लिएर विवाद देखिएको छ ।
कतारमा अहिले मध्यपूर्वका देशका कोरोना संक्रमितको संख्या बढी छ । कतारका अधिकारीहरुले अल जजिरा टेलिभिजनलाई जनाएअनुसार कतारले आफ्नो मुलुकमा रहेका इजिप्टका नागरिकलाई विशेष विमानबाट इजिप्टसम्म लगिदिने आफूहरुको प्रस्तावलाई इजिप्ट सरकारले अस्वीकार गरिदिएको छ ।
इजिप्ट त्यो अरब मुलुकमध्ये एक हो जसले सन् २०१७ पछि कतारसँगको सबै कुटनीतिक सम्बन्ध तोडेको छ । ती अरब मुलुकले कतारमाथि आतंकवादी संगठनलाई समर्थन जनाएको आरोप लगाएका छन् ।
विश्वका विभिन्न मुलुकबीच मास्क र लकडाउनका अतिरिक्त बहसका अन्य मुद्दा पनि छन् । १८ मार्चमा युरोपेली युनियनको एक रिपोर्ट मिडियामा चुहिएको थियो । रुसको प्रभावमा सञ्चालित मिडिया संस्थानले कोरोनाभाइरसका सम्बन्धमा पश्चिमी देशको छवि बिगार्ने अभियान चलाएको उक्त रिपोर्टमा उल्लेख थियो ।
रुस सरकारका प्रवक्ताले उक्त आरोप निराधार रहेको बताए ।
कयौं मुलुकबीच टकराव बढेको भए पनि केही मुलुकबीच महामारीका क्रममा आपसी समाञ्जस्य बढेको उदाहरण पनि देखिएको छ ।
ओभरसिज डेभलपमेन्ट इन्स्टिच्यूट नामक थिङ्क ट्याङ्कका अनुसन्धानकर्ता अनालिसा प्रिजन भन्छिन्, ‘यो महामारीका समयमा देशहरुबीच आपसी सहयोगको नयाँ अवसर पनि देखिएको छ । यो संकटले विकसित देशमात्र सधैँभरी सही हुँदैनन् र हरेक मुद्दामा उनीहरु नै विशेषज्ञ हुँदैनन् भन्ने देखाएको उनको भनाइ छ ।
‘जसरी चीनले यो भाइरसको प्रकोपलाई रोक्नका लागि आफ्नो अनुभवबाट इटलीको सहयोग ग¥यो, यो पनि एउटा गतिलो उदाहरण हो ।
तर, सोफिया भने विश्वका तमाम मुलुकले यो महामारीको सामना गर्नका लागि अझ बढी सहयोग र सहकार्य गर्नुपर्ने खांचो औंल्याउंछिन् । ‘अहिलेसम्म देशहरु आपसी सहयोग बढाउने अवसर गुमाइरहेका छन्, खासगरी पश्चिमा मुलुकमा राष्ट्रवाद र जनवादी आन्दोलनको दबाबमा यस्तो भइरहेको छ,’ उनले भनिन्, जबकि यो समय सहयोगको शक्ति प्रदर्शन गर्ने हो, तर यसको साटो पहिलादेखि नै तनावको शिकार भएकाहरु सम्बन्ध अझ बिगार्न अग्रसर हुने नीति बनाइएको छ ।
(बीबीसी