सरकार नै काफी छ अरु कुनै संयन्त्रणको जरुरी छैन – प्रधानमन्त्री

२९ चैत, काठमाण्डौं । नेकपाका कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रयण्ड) अस्ति ईमेज च्यानलको अन्तवार्तामा कोरोना भाइरसका कारणले देश लकडाउनको स्थितिमा गएको बेला एक सर्वदलीय सयन्त्रण गरेर कोराना विरुद्धमा लाग्नु पर्ने भनिरहंदा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा सरकारभन्दा भिन्न अरू कुनै संयन्त्र आवश्यक नभएको प्रष्टाएका छन् ।
आज शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसंग भिडिओ संवाद गरेका प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी ढंगले काम गरिरहेको पनि
बताए ।
उक्त भिडियो कन्भसर संवादमा भन्नु भयो, सरकार भन्दा भिन्न कुनै अर्को संयन्त्र आवश्यक नभएको प्रधानमन्त्रीले प्रष्ट्याउंदै ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘घरमा बसेर १५ दिनका बीचमा एक पटक निर्देशन दिनेजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न सबैलाई स्पष्ट पारे ।

सरकार भन्दा भिन्न कुनै अर्को संयन्त्र आवश्यक नभएको प्रधानमन्त्रीले प्रष्ट्याउंदै ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘घरमा बसेर १५ दिनका बीचमा एक पटक निर्देशन दिनेजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न सबैलाई स्पष्ट पारे ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै मात्र एक च्यानल टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्रीकै संयोजकत्वमा प्रतिपक्षी दलसहितको उच्चस्तरीय संयन्त्र बनाउनु पर्ने बताएका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि त्यस्तो संयन्त्र चाहिने प्रचण्डको तर्क थियो । यसका साथै, प्रधानमन्त्रीले स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने, शारीरिक रूपमा तन्दुरूस्त र त्यसबापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताए ।
लकडाउनमा प्रशासनिक लापरबाही हुनै भएन, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्ने, त्यसका लागि केन्द्रबाटै एकरूपताको कायम गर्न परिपत्र जारी गरिने समेत उनले उल्लेख गरेको थापाले जानकारी दिएका छन् ।
जनतालाई दुस्ख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनाको लागि आह्वान गर्नुभयो,’थापाले फेसबुकमा भनेका छन् । सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आफ्ना प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका तमाम प्रयास र कसरत विषयमा सो भिडियो छलफल गरिएको
हो ।