सुनको मूल्य एक सय रुपैयाँले बढ्यो

१० जेठ, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९३ हजार ७०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै तेजाबी सुन आज प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी भने हिजो को तुलनामा प्रतितोला ५ रुपैयाँ मात्र वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँ भएको छ ।