ह्यारी केनले तेस्रो पटक प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जिते

१० जेठ, काठमाडौं । टोटेनहमका स्ट्राइकर ह्यारी केनले तेस्रो पटक प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन् ।
२०२०÷२१ सिजनको अन्तिम खेलमा लेस्टरलाई ४–२ ले पराजित गर्दा एक गोल गरेका केनले सर्वाधिक गोल गर्दै उक्त अवार्ड जितेका हुन् ।

उनले सिजनभर कूल २३ गोल गर्दै लिभरपुलका मोहम्मद सालाहलाई एक गोलले पछि पारे । सालाहले अन्तिम खेलमा गोल गर्न सकेनन् ।

केनले सर्वाधिक गोल गर्नुका साथै सर्वाधिक १४ असिस्ट समेत गरे । उनी सन् १९९३ देखि हुन थालेको आधुनिक प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक गोल असिस्ट गर्ने पहिलो खेलाडी समेत बने ।

केनले यसअघि २०१५÷१६ र २०१६÷१७ को सिजनमा गोल्डेन बुट अवार्ड जितेका थिए ।

थियरी हेनरीले सर्वाधिक ४ पटक प्रिमियर लिगमा गोल्डेन बुट जितेका छन् ।