महन्थद्धारा उपेन्द्रलाई उल्टै स्पष्टीकरण

९ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र रडाको मच्चिएको छ । हिजो मात्र उपेन्द्र यादवले कार्यकारीणी समितिको बैठकबाट महन्ध ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । आज महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टीमा कुनै छलफल नै नगरिकन माओवादी केन्द्र र काँग्रेस गठबन्धनमा सामेल भएको तथा पार्टीको हितविपरित गतिविधि गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय बताइएको छ ।

अध्यक्ष ठाकुरले जेठ ७ गते नै विज्ञप्ति जारी गरी ८ र ९ गते बस्ने भनिएको बैठक स्थगित भएको जानकारी गराएका थिए । तर हिजो उपेन्द्र यादव पक्षको बैठक बसि नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि आज ठाकुरले पनि त्यही रबैया अपनाएर स्पष्टीकरणको पत्र पठाएका हुन् ।