बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

९ जेठ, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या हिजो दिउँसो ४ बजेदेखि आज बिहान ६ बजेसम्मको हो ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कैलालीका चार, दाङका दुई, बर्दिया र सल्यानका एक÷एक जना गरी आठ जना संक्रमितको मृत्यु भएको हो ।

कैलालीको जानकी गाउँपालिका–९ की ७५ वर्षीया महिला, कैलालीकै टिकापुर नगरपालिका–१ का ६० वर्षीय पुरुष, टिकापुर–७ का ३५ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका–६ की ३३ वर्षीया महिलाको मृत्यु भएको हो ।

७५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा हिजो साँझ मृत्यु भएको हो ।

६० वर्षीय वर्षीय पुरुष, ३५ वर्षीय पुरुष र ३३ वर्षीया महिलाको भेरी अस्पतालमा हिजो नै मृत्यु भएको हो ।

दाङको बबइ गाउँपालिका–२ का ९२ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–१ की ४५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–७ का ३८ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो ।

यसैगरी सल्यानको शारदा नगरपालिका–१ का ५० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइतबार बहान ६ बजे मृत्यु भएको हो ।