एमाले युवा नेता राईद्धारा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) पार्टी निर्वाचन आयोगमा दर्ता

९ जेठ, काठमाडौं । नेकपा एमाले का युवा नेता जीवन राईको अध्यक्षतामा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) पार्टी दर्ताका लागि निवेदन परेको छ । नेता राई अनेरास्ववियूका रहेको जो उनले आजे पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

नयाँ पार्टी दर्ताका लागि वैशाख ७ गते निवेदन दिएको र ४५ दिनपछि दल दर्ताको प्रमाणपत्र लिन बोलाएकाले आज निर्वाचन आयोगमा गएको बताएका छन् ।
नेपालमा भइरहेको कम्युनिस्ट पार्टी कुनैले पनि श्रमजीविको पक्षमा काम नगरेकाले आफूले छुट्टै पार्टी दर्ता गरेको राईले दावी गरे ।

तर नेता राईले पार्टी भने आफ्नै लागि दर्ता गरेको बताएका छन् । यसमा माधवकुमार नेपालको नाम जोड्नुको कुनै अर्थ नभएको समेत बताए ।

नेता राईको भनाई अनुसार, मेरो राष्ट्रपति, प्रधानमन्त्री, माधव कमरेड सबैसँग राम्रो सम्बन्ध छ, तर नेताका लागि पार्टी दर्ता गरेको होइन, आफ्नै लागि हो । उनले प्रष्ट पारेका छन् ।