८ जेठ, काठमाडौं । नेपालमा २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुंदा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यस्तै आजै कोरोना भाइरसका कारण १२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ ।
नेपालभर १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो ।
कहाँ कति थपिए संक्रमित ?
पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ हजार १०४, प्रदेश २ मा ५७४, बागमती प्रदेशमा ३ हजार ८७३, गण्डकीमा ३६९, लुम्बिनीमा १ हजार ३२, कर्णालीमा ६१६ र सुदूरपश्चिम प्रदेशमा १ हजार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कैलालीमा ६६१, काभ्रेमा ५२५, सुर्खेतमा ३५३, झापामा ३४४, मोरङमा ३२५, रुपन्देहीमा २५५ तथा मकवानपुर १८७ जना संक्रमित थपिएका छन् ।
यस्तै बाँकेमा १७९, धादिङमा १७३, कास्कीमा १६६, सिन्धुपाल्चोकमा १६५, बारामा १६२, सुनसरीमा १६०, चितवनमा १५५, कञ्चनपुरमा १४८, नुवाकोटमा १४२, सल्यानमा १४०, सप्तरीमा ११२, दाङमा १०९, पाल्पामा १०७, धनुषामा १०२ र सिन्धुलीमा १०१ जनामा संक्रमण देखिएको छ ।
अछाममा ८६, गुल्मीमा ८४, रोल्पामा ८१, रामेछापमा ८३, नवलपरासी पश्चिममा ७८, पर्सामा ७७, दैलेखमा ७२, तनुहँमा ५९, गोरखामा ५६, संखुवासभामा ५५ तथा दार्चुलामा ५४, कपिलवस्तु र बर्दियामा ५२÷५२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।