ओलीको यो कदमको बिरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने

प्रचण्ड

८ जेठ, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यराति प्रतिनिधिसभा भंग गरेपछि त्यस बारेमा साझा धारा बनाउने क्रममा आज बसेको बिपक्षी दलहरुको बैठक पछि बोल्ने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको बताएका छन् । साथै उनले संविधानको हत्या गर्ने षड्यन्त्र अनुरुप भएको समेत आरोप लगाए ।

संसद विघटनको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने घोषणा समेत
गरे । राष्ट्रपति र प्रधानमन्त्रीले गएराति प्रतिनिधिसभा भंग गर्ने घोषणा गरेपछि त्यसको विरोधमा रहेका विपक्षी गठबन्धनको बैठक बसेको छ भने सो बैठकले विघटनलाई असंवैधानिक भएको ठहर गर्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ ।