विपक्षी गठबन्धनको बैठक बानेश्वरमा सुरु

८ जेठ, काठमाडौं । हिजो मध्राती मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै मध्यवधि चुनाव घोषणा गरेपछि त्यस बारेमा विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको सहभागिता रहेको छ ।