ओलीले ४ बजे बोलाए स्थायी कमिटी बैठक

८ जेठ, काठमाडौं । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्टपतिले संसद बिघठन गरी मध्यवधि चुनाव घोषणा गरेपछि राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बोलाइएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपराह्न चार बजे बालुवाटारस्थित निवासमा बैठक बोलाएका हुन् ।

बैठकमा चुनावको मिति घोषणा र पार्टीको आन्तरिक जीवनका विषयमा छलफल हुने कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते चुनावको मिति घोषणा गरेकी छन् । यो निर्णयको एमालेकै माधव नेपाल पक्षसहित विपक्षी गठबन्धनका दलहरुले विरोध गर्दै आएका छन् ।