प्रधानमन्त्री ओली बिपक्षी दल भन्दा अगाडी नै सितल निवास प्रवेश

७ जेठ, काठमाडौं । राष्ट्पति कार्यालयले नयां सरकार गठनको लागि मागेको समयसीमा भन्दा अघि नै प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति कार्यालय शितल निवासमा पुगेका छन् ।

नयाँ सरकार बनाउने दाबी प्रस्तुत गर्न विपक्षी गठबन्धनभन्दा पहिले नै शितल निवास पुगेको बताइएको छ ।

जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र समूहका सांसदहरूको हस्ताक्षर बिहीबार राति नै प्रधानमन्त्रीलाई बुझाइसकेको एक सांसदले बताए ।

’हामीले चाहिने जति हस्ताक्षर हिजै बुझाइसकेका छौं । प्रधानमन्त्री ओली त्यही लिएर जानुभयो होला । राष्ट्रपतिले ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ होला,’ ती सांसदले भने ।

यता विपक्षी गठबन्धनबाट १४९ सांसदको हस्ताक्षर लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्रीमा दाबी पेश गर्न शितल निवास गएका छन् । उनलाई एमालेका २७ र जसपाका १३ सांसदले साथ दिएका
छन् ।