Breaking News

१४९ सांसदको हस्ताक्षर सहित बिपक्षी दलका नेतासहित माधव नेपाल सितल निवासमा प्रवेश

७ जेठ, काठमाडौं । राष्ट्पतिले हिजो सांझ संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी दलहरुलाई आज ५ बजेको समयसीमा दिएकाले बिपक्षी दलका नेताहरुराष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधनमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतलनिवास पुगेको बुझ्न आएको छ । तर खास कसको नाममा भयो त्यो भने भएछिनमा थाहा नै हुनेछ ।
देउवालाई प्रधानमन्त्रीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको बाबुराम भट्टराई उपेन्द्र यादव पक्षका सांसदले समर्थन गरेका छन् ।