प्रधानमन्त्री ओलीले मध्यन्ह १२ बजे पत्रकार सम्मेलन गर्दै सम्मेलनको विषय भने खुलाएको छैन

७ जेठ, काठमाडौं । हिजो सांझ बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नलिने बरु राष्ट्पतिलाई संविधानको धारा ७५ (५) बमोजिम नयां सरकार गठन गर्न सिफारिस गरेपछि चर्को बिरोध र आलोचन सहन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्न लागे हुन् ।
पत्रकार सम्मेलन साढे १२ बजेका लागि तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनले पत्रकार सम्मेलनको विषय भने खुलाएनन् ।