छलफल चलिरहेको छ । विकल्प धेरै छ । विकल्पमाथि छलफल भइरहेको छ । सायद एकछिनपछि निर्णयमा पुग्छौं

अध्यक्ष, प्रचण्ड

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा भाग लिएर फर्केने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिले नै के गर्ने भन्ने विषयमा कुनै निर्णयमा आफूहरू नपुगेको बताएका छन् ।

राष्ट्रपतिले नयाँ सरकार बनाउन दिएको समय आज अपरान्ह ५ बजे सकिँदैछ ।
छलफल चलिरहेको छ । विकल्प धेरै छ । विकल्पमाथि छलफल भइरहेको छ । सायद एकछिनपछि निर्णयमा पुग्छौं,’ प्रचण्डले भने ।

राष्ट्रपतिविरूद्ध महाअभियोग लगाउनेबारे छलफल भएको हो भन्ने प्रश्नमा जवाफ दिएका प्रचण्डले यसबारे अहिले केही निर्णय नभएको बताएका थिए ।