‘राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिस हुन सक्दैन

संविधानविद् डा. भीमार्जुन आचार्य

६ जेठ, काठमाडौं । ‘राष्ट्रपतिले संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेपछि त्यस बारेमा सामाजिक संजाल मार्फत् आफ्नो धारणा राख्दै संविधानविद् डा. भीमार्जुन आचार्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनुपूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक ब्यवस्था नरहेको प्रस्ट पारेका छन् ।

‘राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिस हुन सक्दैन । नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेकोजस्तो देखियो । आज सांझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने बरु संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेका थिए ।