यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं

नेता, गगन थापा

६ जेठ, काठमाडौं । राष्ट्पति बिद्यादेवी भण्डारीले आज सांझ संविधानको ७६ (५) अनुसारको नयां सरकारको लागि भोलि बेलुका ५ बजेसम्मका लागि समयसीमा तोकि दिएपछि त्यसबारेमा आफ्नो प्रतिक्रिया दिने क्रममा सामाजिक संजाल ट्वीटरद्धारा ट्वीट गदै नेता थापाले, नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपतिलाई महाभियोग लगाउन प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीले राजिनामा नै नगरी नयाँ सरकार गठनको लागि आग्रह भएपछि नेता थापाले यस्तो प्रस्ताव गरेका हुन् ।

विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो । गनगन गरेर नबसौं । सुझबुझ पुर्याऊ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं ।